काठमाडौं ६, बैशाख । भारतको पञ्जाबस्थित लुधियाना जिल्लाका सहायक प्रहरी आयुक्त (एसीपी) अनिल कोहलीको कोरोना भाइरसको संक्रमणबाट शनिवार मृत्यु भएको छ। लुधियानाको एक निजी अस्पतालमा कोरोना भाइरसको उपचारत उहाँको ५२ वर्षका उमेरमा निधन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।
उहाँमा गत १३ अप्रिलमा कोरोना पोजेटिभ पाइएको थियो । शुरुमा अपोलो अस्पतालमा उपचार गराइए पनि पछि भने उहाँलाई सतगुरु प्रताप सिंह अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमा कोहलीको शनिवार मृत्यु भएको हो ।