Nagarik Sawal

२०८३ साउन २२ शुक्रबार

२०८३ साउन २२ शुक्रबार

धादिङमा एकैदिन दुई दुर्घटना : वडाध्यक्ष सहित १० जना घाईते


1.3K
Shares

धादिङमा एकैदिन दुई दुर्घटना : वडाध्यक्ष सहित १० जना घाईते

धादिङ ९, चैत । धादिङमा आईतबार भएको छुट्टाछुट्टै दुई दुर्घटनामा परी वडाध्यक्ष सहित १० जना घाइत भएका छन् । छुट्टाछुट्टै दुई दुर्घटनामा १० जना घाईते भएका छन् । निलकण्ठ नगरपालिका ६ को गैडाखोलमा भएको दुर्घटनामा परी गल्छी गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष पूर्णप्रसाद खतिवडा सहित दुईजना गम्भीर घाइेत भएका हुन ।

वडाध्यक्ष खतिवडा चढेको प्रदेश नं ०३–००२००१ ब ०४२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकबाट झण्डै ५० मिटर तल खसेको धादिङ प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाईकल पछाडी सवार ४० वर्षीय रामहरि खतिवडा पनि घाइते हुनु भएको छ । यता
त्यस्तै पृथ्वी राजमार्गमा पर्ने जुँगेखोलामा ट्रकले बोलेरो जिपलाई ठक्कर दिँदा जिपमा सवार ८ जना घाइते भएका छन् ।

चितवनबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ९५०१ नम्बरको ट्रकले सोही दिशाबाट आउँदै गरेको बा ३ च ३१२८ नम्बरको जिपलाई ठक्कर दिएको हो । घाइतेहरुको राष्ट्रिय ट्रमा सेन्टर उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology