Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सीमा समस्या समाधानको लागि भारतकै भर


1.7K
Shares

सीमा समस्या समाधानको लागि भारतकै भर

नेपाल–भारत सीमा समस्या समाधानको पहल यति बेला पर्ख र हेरको स्थितिमा पुगेको छ ।

लिम्पियाधुरासम्मको कालापानी, लिपुलेकसहितको भूभाग नेपालको हो भन्ने दाबीसहितको पत्र नेपाल सरकारले भारतलाई पठाइसकेको छ । भारतले पनि समस्या उठेका स्थानमा वार्ता र संवादको माध्यमबाट समाधान गर्न स्वीकार गर्दै एक पटक जवाफ दिएको छ ।

वार्तामा बस्न तयार भारतकै कारण नयाँ वार्ताको मिति भने तय हुन सकेको छैन । भारतले कहिले अर्को जवाफ पठाउला र वार्ताको मिति तय होला भनेर नेपाल पर्ख र हेरको अवस्थामा छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने वार्ताका माध्यमबाट सीमा समस्या समाधान हुने विश्वास गर्नुपर्छ । “नेपाल भारतबीच निश्चय नै यसबीचमा सीमा समस्या बल्झिएको छ”, बुधबार गोरखापत्रसँगको विशेष कुराकानीका क्रममा उनले भने, “तर यो आज उत्पन्न समस्या हैन । हिजोको इतिहासले हामीलाई बोकाइदिएको एउटा विरासत हो । ” यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology