काठमाण्डौ, १२ माघ । नेकपाका सांसद अग्नी सापकोटा सभामुख पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । आज बसेको प्रतिनिधिसभाको बैठकले सापकोटालाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो ।
नेकपाका उपनेता सुवास नेम्बाङले उहाँलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर आज प्रतिनिधिसभाको बैठकमा प्रस्ताव पेश गर्नुभएको थियो । नेम्बाङको प्रस्तावमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राजपाका सांसद लक्षमणलाल कर्णले समर्थन गर्नुभएको थियो ।
सापकोटालाई भोलि राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा सपथ ग्रहण गराउनुहुनेछ । निवर्तमान सभामुख कृष्णबहादुर महराले संसद् सचिवालयमा कार्यरत महिलामाथि बलात्कार प्रयासको आरोप लागेपछि सभामुखबाट असोजमा राजीनामा दिनुभएको छ ।
गत सोमबार उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि राजीनामा गरेपछि नेकपाले सभामुखमा उम्मेदवारी दिएको हो ।