Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा शनिबार (आज) दिनभर विद्युत अबरुद्ध हुने: कहाँकहाँ जानेछ्न विद्युत हेर्नुहोस !


3.3K
Shares

गोरखामा शनिबार (आज) दिनभर विद्युत अबरुद्ध हुने: कहाँकहाँ जानेछ्न विद्युत हेर्नुहोस !

गोरखा १ कर्तिक । गोरखामा शनिबार (आज) दिनभर बिद्युत आपूर्ती बन्द हुने भएको छ । ११ केभी नयाँ बजार फिडर अन्तर्गतको बिधुत प्रशारण लाईन मुनि तथा Right of way मा परेका रुखका हाँगाबिँगा काट्नु पर्ने भएकाले बिद्युत आपूर्ती बन्द गर्न लागिएको प्राधिरकण गोरखा बितरण केन्द्रका प्रमुख माधव न्यौपानले जानकारी दिनुभयो ,

उहाँका अनुुसार शनिबार विहान १० वजेदेखि वेलुकी ५ वजेसम्म गोरखा नगरपालिकाको हरम्टारी, बसपार्क, नयाँबजार मान्द्रेढुङ्गा, सतिपिपल क्षेत्रमा बिधुत अबरुद हुनेछ । त्यस्तै ११ केभी महेन्द्रज्वोती फिडर अन्तर्गतका सबै क्षेत्रमा २ घण्टा विद्युत प्रशारण अबरुद्द हुनेछ ।

प्राधिकरणका अनुसार खोप्लाङ फिडर अन्तर्गत सिरानचोक गाउँपालिका वडा नम्बर ४ र ५, पालुङटार राधाकृष्ण फिडर अन्तर्गतको बार्हपिर्के, जैसीटार लगायतका क्षेत्र, डुम्रे गोरखा फिडर अन्तर्गत मिरकोट, गाइखुर, आपपिपल, हर्मी, थालाजुङ, भच्चेक, सिम्जुङ, बालुवा लगायतका स्थानमा विद्युत अबुरुद्द हुने छ ।

आबु सत्रसय फिडर अन्तर्गतको धुवाकोट, बन्चरे, रातोमाटे, मुलाबारी, सिस्नेरी लगायतका स्थानमा पनि शनिबार विद्युत प्रशारण रोकिने प्राधिकरण गोरखाले जनाएको छ । निर्धारित समय भन्दा अगाबै काम सम्पन्न भएमा अगाडी नै विद्युत सप्लाई सूचारु गरिने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology