Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

गोरखामा अब साँझ ७ बजेपछि मदिरा बिक्रि गर्न जिल्ला प्रसासनले लगायो रोक


2.2K
Shares

गोरखामा अब साँझ ७ बजेपछि मदिरा बिक्रि गर्न जिल्ला प्रसासनले लगायो रोक

गोरखा ३० असोज । त्यस्तै जिल्ला भित्र इजाजत प्राप्त मदिरा तथा मदिराजन्य पर्दाथ बेलुकी ७ बजेपछि बेचबिखन गर्न नपाउने निर्णय पनि प्रसासनले गरेको छ । प्रमुख जिल्ला अधिकारी तिर्थराजभट्टराईद्धारा जारी सूचनामा जिल्ला भित्र जुवा तास खेल्ने, खेलाउने, पटका, आतसबाजी लगायतका बिस्पोटक पर्दाथ आयात, संचय र प्रयोग गर्ने गराउने कार्य गरेको पाइएका काननु बमोजिम कडा कारवाही गरिने जनाइएको छ ।

त्यस्तै जिल्ला भित्रबाट सञ्चालित सवै यातायातका साधानहरुलाई स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरि सवारी सञ्चालन गर्न पनि प्रसासनलाई सम्बन्धित व्यवासायीहरुलाई पुनः आग्रह गरेको छ । प्रसासनले जारी गरेको सूचनामा अहिलेको प्रतिकुल परिस्थितीमा बिगतका बर्षहरुको समान्य अबस्थामा जस्तै चाडपर्व मनाउन नसकिने र चाडपर्व मनाउदा कोरोना संक्रमणबाट बच्नुपर्ने भएकाले आबश्यक सावधानी अपाउन यस्तो निर्णय गरिएको उल्लेख छ ।

दशै तिहार लगायतका चाडपर्व मनाउदा सकभर जो जहाँ रहेको छ त्यही रही मनाउन र अनाबश्यक जमघट, जात्रा नगरी परिवारको बिचमा मात्र मनाउन पनि सवैलाई सूचना मार्फत आग्रह गरिएको छ । स्थानीय प्रसासन ऐन २०२८ को दफा ६ ९३० तथा संक्रमक रोग ऐन २०२० को दफा २ ९१० मा उल्लेखित व्यवस्था समेतको आधारमा प्रसासनले भीडभाड, जात्रा, मेला महोत्सव, तथा जमघट हुने खालका कार्यक्रम नर्गन आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology