Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा एक वृद्धाको घाँटी रेटेर हत्या


3.9K
Shares

गोरखामा एक वृद्धाको घाँटी रेटेर हत्या

गोरखा,२ माघ । गोरखामा एक वृद्धाको घाँटी रेटेर हत्या भएको छ । सिरानचोक गाउँपालिका ८ फिनामटारकि ७० बर्षिया मनमाया श्रेष्ठको बुधबार राती धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

बुधबार खाना खाएर सुतेकी श्रेष्ठ बिहान ढिलासम्म नउठेपछि छिमेकीले ढोका फोरेर हेर्दा मृत भेटेका थिए ।

घटनाको छानबिनका लागि बिहिबार नै इलाका प्रहरी चौकी जौबारी र जिल्ला प्रहरी कार्यालयबाट इन्सपेक्टर राजु खत्रीको नेतृत्वमा टोली खटाइएको एस.पि. ओम प्रसाद अधिकारीले जानकारी दिनु भयो ।

घटनामा शंकास्पद २ जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना बारे थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology