Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पोखराको मणिपाल अस्पतालमा चम्ल्याहा शिशुको जन्म


3.7K
Shares

पोखराको मणिपाल अस्पतालमा चम्ल्याहा शिशुको जन्म

पोखरा, २ माघ। पोखरामा एक युवतीले चम्ल्याहा (चार शिशु) लाई जन्म दिएकी छन् । स्याङ्जाको पुतलीबजार –१, घर भएकी सुनिता प्रधानले आज (बिहिबार) पोखराको मणिपाल शिक्षण अस्पतालमा एकैपटक ४ शिशुलाई जन्म दिएकी हुन्।

उनले दुई छोरा र दुई छोरीलाई जन्म दिएको अस्पतालले जनाएको छ । अस्पतालका शल्य चिकित्सक डा. महेन्द्र पाण्डे नेतृत्वको टोलीले शल्यचिकित्साको माध्यमबाट ४ शिशुलाई जन्म दिइएको बताएको हो ।

२६ वर्षीय प्रधानले पहिलो बच्चाका रुपमा १.६ किलोग्राम तौलकी छोरीलाई जन्म दिएकी थिइन्। त्यसपश्चात १.३ किलोग्रामको छोरा, तेश्रोमा १.३ किलोग्रामकी छोरी र चौँथोमा १.४ किलोग्रामको छोरालाई जन्म दिएकी हुन्।

अहिले बच्चा तथा आमाको स्वास्थ अवस्था सामान्य र सकुशल रहेको अस्पतालले जनाएको छ । एकैपटक चार शिशुलाई जन्म दिइने घटनालाई दुर्लभ मानिने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology