गोरखा २२ साउन । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवलाई कोरोना संक्रमणको पुष्टि भएको छ ।
यहि साउन १८ गते काठमाडौंबाट फर्केलगत्तै गरिएको कोरोना परीक्षणको क्रममा मन्त्री यादवको कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
संक्रमणको पुष्टि भएपछी मन्त्री यादव अहिले मन्त्रालयको क्वारेन्टाइनमा बस्नु भएको छ ।