Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

देशभर एकैदिन थपिए ४ सय २१ कोरोना संक्रमित


1.4K
Shares

देशभर एकैदिन थपिए ४ सय २१ कोरोना संक्रमित

काठमाण्डौ ७, असार । नेपालमा आज थप चार सय २१ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित जानकारीका क्रममा बताए अनुसार उनीहरु मध्ये तीन सय ५७ जना पुरुष र ६४ जना महिला रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार यो सँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ९ नौ हजार २६ पुगेको छ । कोरोना सङ्क्रमण निको भएर डिस्चार्ज हुनेको सङ्ख्या एक हजार सात सय ७२ रहेको छ ।

उनीहरु मध्ये एक सय ९४ जना गत चौबिस घण्टामा डिस्चार्ज भएका हुन् । जम्मा डिस्चार्ज हुने मध्ये एक हजार ६ सय २३ जना पुरुष र एक सय ४९ जना महिला रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology