Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

दोलखाका ७६ बर्षिय बृद्धाको कोरोना संक्रमणबाट मृत्यु : नेपालमा मृतकको संख्या ९ पुग्यो


3.9K
Shares

दोलखाका ७६ बर्षिय बृद्धाको कोरोना संक्रमणबाट मृत्यु : नेपालमा मृतकको संख्या ९ पुग्यो

गोरखा २१, जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । कोभिड १९ को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको हो । मृतक दोलखाका ७६ वर्षका पुरुष हुन् । उनी जेठ १३ मा मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका थिए र उनको ब्रेनको शल्यक्रिया गरिएको थियो ।

जेठ १५ मा उनको कोरोना परीक्षण गर्दा पोजेटिभ आएको थियो । पछि स्वास्थ्य अवस्था जटिल भएपछि उनलाइ त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उनको टिचिङमा नै मृत्यु भएको हो ।

यसअघि कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology