Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टी


1.4K
Shares

पछिल्लो २४ घण्टामा २ सय २६ जनामा कोरोना संक्रमण पुष्टी

गोरखा १९, जेठ । नेपालमा पछिल्लो २४ घण्टामा २ सय २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । यो अहिलेसम्मकै धेरै संख्या हो । यससंगै कोरोना संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ७ सय ९३ पुगेको जानकारी दिनुभयो । क्वारेन्टाइनको गूणस्तर सुधार गर्न र मापदण्ड अनुसार बनाउन पनि सम्मन्वय गरिरहेको पनि डा. देबकोटाले जानकारी दिनुभयो ।

अब सङ्क्रमित बढ्दै गएको अवस्थामा सङ्क्रमित र बिरामी छुट्याएर उपचार गर्न थाल्ने पनि डा. देबकोटाले बताउनुभयो । लक्षण देखिएको र बिरामी भएकाहरुलाइ अस्पतालमा राख्ने र लक्षण नभएकाहरु घरमा नै बस्नुपर्ने अवस्था आउन सक्ने पनि डा. देबकोटाले जानकारी दिनुभयो ।

हाल देशभर क्वारेन्टाइनमा रहनेको संख्या १ लाख ३३ हजार ९७५ रहेको छ । आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ५ सय ६९ जना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology