Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालमा कोरोना संक्रमितको सख्या १५६७ पुग्यो


1.3K
Shares

नेपालमा कोरोना संक्रमितको सख्या १५६७ पुग्यो

काठमाण्डौ १८, जेठ ।  नेपालमा कोरोना संक्रमितको संख्या पुगेको १ हजार ५ सय ६७ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित जानकारीमा प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ५६७ पुगेको जानकारी दिनुभयो । संङ्क्रमित हुनेमा तनहुँका १, स्याङ्जाका २ , पर्साका ५ , कालिकोटका १८ , दैलेखका १८ , बाजुराका १ र सल्यानका २५ जना रहेका छन् ।

यस्तै सुर्खेतका १ , बाँकेका ४, नेपालगञ्जका ४ , सप्तरीका १२ , कैलालीका ३, बाजुराका २ , झापाका ४ , धनुषाका २१ , कपिलवस्तुका ५ जना पनि सङ्क्रमित भएका छन् । यस्तै रौटहतका २९ जना, सर्लाहीका १० जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो । संक्रमितमध्ये हालसम्म २२० जना निको भएर घर फर्किइसकेका छन् । क्वारेन्टाइनमा रहनेको संख्या १ लाख १९ हजार १९२ रहेका छन् ।

आइसोलेसनमा रहनेको संख्या देशभरी १ हजार ३ सय उन्पचास जना रहेको छ । मन्त्रालयका अनुसार आजसम्म नेपालमा आरडिटी विधिबाट १ लाख ११ हजार १०९ नमुना परीक्षण भएका छन् । पिसिआर विधिबाट भने हालसम्म ६९ हजार ५ सय ८२ परीक्षणहरु गरिएका छन् । हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक गरी ८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology