Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको सख्या ४२७ पुग्यो


1.3K
Shares

नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टी : संक्रमितको सख्या ४२७ पुग्यो

काठमाण्डौ ७, जेठ । थप २५ जनामा कोरोना पुष्टि भएसँगै बुधबारसम्ममा नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ जना सङ्क्रमित पुष्टि भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार नरैनापुर–५ मा १७, २०, २८, ३० र ४० वर्षका पुरुषमा कोरोना देखिएको हो भने खजुरा गाउँपालिकाका २७ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । नवलपरासीमा पनि एकजना कोरोना सङ्क्रमित थपिएका देवकोटाले जानकारी दिनुभयो ।

कपिलवस्तुमा १३ र धनकुटामा ५ जनामा कोरोना पुष्टि भएको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology