गोरखा ४, जेठ । देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले सोमबारसम्मका लागि कायम गरेको लकडाउन जेठ २० गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आज बसेको मन्त्रीपरिषद्को बैठकले लकडाउन थप्ने निर्णय गरेको सरकारका प्रबक्ता डा. युवराज खतिवडाले जानकारी दिनुभयो ।
आइतवार (आज) बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले लकडाउन लम्ब्याउन सिफारिस गरेको थियो ।नेपालमा कोरोना रोकथाम र न्युनिकरणका लागि सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म घोषणा गरेको भएपनि संक्रमणको दर बढ्दै गएपछि लकडाउनको समयाबधी समेत थप गरिदै लगिएको छ ।
त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै बैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो। कोरोनाको संक्रमणका कारण नेपालमा आइतबारसम्मा २ जनाले ज्यान गुमाइसकेका छन् ।