नागरिक सवाल संवाददाता
उदयपुर ३, जेठ । उदयपुरमा एक जना पत्रकारमा कोरोना संक्रमणको पुष्टी भएको छ । यो संगै त्यहा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्रियुगा नगरपालिका ३ भुल्केस्थित नुरीमस्जिद आसपासको क्षेत्रमा सिमित रहेको कोरोना त्रिनपा ११ स्थित सदरमुकाम गाईघाट बजारतर्फ फैलिएको हो ।
गाईघाट बजारमा संक्रमण देखिएपछि त्रास फैलिएको छ । संक्रमण बढेसँगै जिल्लास्थित सुरक्षा संयन्त्रको बैठक बसिरहेको छ । सिल गरिएको क्षेत्रभन्दा बाहिर संक्रमण देखिएपछि थप फैलन नदिन नयाँ रणनीति अपनाउन जिल्ला सुरक्षा समितिका संयोजक समेत रहनु भएका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसिरहेको हो ।
प्रजिअ दिपक पहाडीले संक्रमित सञ्चारकर्मी कहाँ को कोसँग जोडिए भन्ने कुराको पहिचान भइरहेको जानकारी दिनुभयो।