गोरखा १ जेठ- नेपालमा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको सङ्ख्या दुई सय ४६ पुगेको छ । बिहिबार थप १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ सय ४६ पुगेको हो । थपिएका संक्रमित गण्डकी प्रदेश अन्र्तगत नवलपरासीको देवचुली नगरपालिका १२ का ४९ वर्षका पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
भरतपुर अस्पताल, कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा ति व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसअघि आजै थप २ जनामा संक्रमण पुष्टि भएको थियो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परिक्षणका क्रममा काठमाडौं चन्द्रागिरीका ३२ वर्षका पुरुष र कपिलवस्तुका ६ वर्षिया बालिकामा कोभिड १९ संक्रमण देखिएको हो । सरकारले पीसिआर विधिबाट गरिने परिक्षणको दायरा बढाएसँगै सङ्क्रमितहरूको सङ्या पनि बढिरहेको छ ।