Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपाल सरकारले थमायो भारतीय राजदुतलाई मन्त्रालय मै बोलाएर असहमती पत्र


3.3K
Shares

नेपाल सरकारले थमायो भारतीय राजदुतलाई मन्त्रालय मै बोलाएर असहमती पत्र

काठमाण्डौ २९, बैशाख । सरकारले लिपुलेक हुँदै मानसरोवर जोड्ने भारतले निर्माण गरेको सडकमा असहमति जनाउँदै नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्रालाई बोलाएर असहमति पत्र दिएको छ । भारतीय राजदुतलाई सोमबार परराष्ट्र मन्त्रालयमा बोलाएर नेपालले कूटनीतिक नोट दिएको हो । परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल ट्विटरमार्फत भारतलाई नोट बुझाइएको जनाएको छ ।

उक्त नोटमा सरकारले यसअघि जारी गरेको विज्ञप्तिमा उल्लेख भएका बुँदा नै समेटिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतले नेपाली भूमिमा सडक बनाएकोमा असन्तुष्टि जनाउँदै गत शनिवार परराष्ट्र मन्त्रालयले नेपाली भूमिमा कुनै खालको गतिविधि नगर्न भारतसँग आग्रह गरेको थियो । यसअघि कालापानी सहितका क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेपछि नेपालले गएको नोभेम्बरमा कूटनीतिक नोट पठाउँदै त्यसप्रति विरोध जनाएको थियो ।

नेपालले वार्ताद्वारा सीमा विवाद हल गर्न प्रस्ताव गरेकोमा भारतीय पक्षले कोभिड–१९ का कारण उत्पन्न संकटकालीन अवस्था पार लागेपछि परराष्ट्र सचिवको तहमा वार्ता गरिने जनाएको थियो । तर आज ससंद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिको छलफलमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले भाग लिदै लिपुलेक विवादबारे जुनसुकै तहमा भारतसँग कुरा गर्न र कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न सरकार इच्छुक रहेको बताउनुभएको छ ।

उहाँले लिपुलेक व्यापार विन्दुका रूपमा उपयोग गर्ने भारत र चीनको विगतमा भएको सम्झदारीबारे चीनसँग पनि नेपाल सरकारले बेग्लै छलफल गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology