गोरखा २९, बैशाख । नेपालमा सोमबार (आज) एकैदिन कोरोना २४ जना कोरोना संक्रमित फेला परेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा गरिएको परीक्षणका क्रममा कपिलबस्तुको यसोधरा गाउँपालिका– ८ र बुद्धभूमि नगरपलिका वडा नम्बर ७ मा गरी १२ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सोमबार नै बदिर्या राजापुर निबासी एक महिलामा पनि कोरोना संक्रमण भएको पाइएको मन्त्रालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ । मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशाला गरिएको परीक्षणमा पनि आजै थप एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ का १८ वर्षका युवकमा कोरोना संक्रमण फेला परेकोे स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो । ती युवक चितवनबाट सप्तरीस्थित घर फर्किएका थिए । यसअघि आज बिहान कपिलवस्तुमा थप १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।