Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

भारतले नेपालको भूमिमा सडक निर्माण गरेपछि नेकपा दुई अध्यक्षले जनाए कडा आपत्ती


2K
Shares

भारतले नेपालको भूमिमा सडक निर्माण गरेपछि नेकपा दुई अध्यक्षले जनाए कडा आपत्ती

काठमाण्डौ २७, बैशाख । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले भारतले नेपाली भूभाग लिपुलेक हुँदै सकड निर्माण गरेकोमा आपत्ति जनाएको छ । सो पार्टीका अध्यक्षद्वय प्रचण्ड र केपी ओलीले एक संयुक्त बिज्ञप्ती जारी गर्दै भारतले मानसरोबर जोड्ने सडक नेपाली भूमि मिचेर बनाएको भन्दै आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा भारतको हालको एकतर्फी कार्य दुई सरकारले उच्चस्तरीय समितिका बीचमा भएको सहमति विपरित भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल र भारत सरकारलाई दुबै पक्षबीच भएको समझदारी अनुसार कूटनीतिक माध्यमबाट सबै सीमा समस्याहरूको समाधान गर्न तत्काल आवश्यक भएको पनि उल्लेख गरिएको छ ।

यस्तै भारतले त्यस क्षेत्रमा तत्काल थप सडक निर्माण कार्य रोक्न पनि माग गरेको छ। यता भारतले भने सडक निर्माण भएको क्षेत्र नेपालको नभएको दावी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology