Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

भारतले लिपुलेक हुदै मानसरोवर जाने सडक बनाएकोमा नेपाल सरकारको आपत्ति


1.4K
Shares

भारतले लिपुलेक हुदै मानसरोवर जाने सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

काठमाण्डौं २७, बैशाख – भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोवर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको एकतर्फी कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शनिबार विज्ञप्ति जारी गर्दै उल्लेख गर्नुभएको छ ।

तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने लिंक रोडको भारतले हिजो उद्घाटन गरेपछि मन्त्रालयले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो । सुगौली सन्धिअनुसार लिम्पियाधुरा, कालापानी र लिपुलेकसहित काली (महाकाली) नदीको पूर्वक्षेत्र नेपाली भूभाग भएको प्रष्ट भएको र पछिल्लो पटक भारतले जारी गरेको नक्साका सम्बन्धमा पठाएको कूटनीतिक नोटमा समेत त्यसलाई उल्लेख गरिएको मन्त्रालयले जनाएको छ ।

साथै नेपालले दुई देशको थाँती रहेको सीमा विवाद कुटनीतिक संवादबाट हल गर्नुपर्नेमा जोड दिएको छ । यसका लागि नेपालले दुईपटक विदेश सचिवस्तरीय बैठकको मिति प्रस्ताव गर्दा पनि भारतले जवाफ नदिएको मन्त्रालयले बताएको छ । नेपाल–भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन बुझ्न नेपाल तयार रहेको पनि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology