Nagarik Sawal

२०८३ कार्तिक २१ शुक्रबार

२०८३ कार्तिक २१ शुक्रबार

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो


35
Shares

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

काठमाडौं, २० कात्तिक । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ ।

आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार दर्ता भएको हो ।
उहाँले हिजो बिहीबार वकिलहरूमार्फत सर्वोच्च अदालतमा रिट दर्ता गर्नुभएको हो । उक्त रिटमा कात्तिक ३० गतेका लागि पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

बिहीबार ‘अध्ययनका क्रममा रहेकाले बिहीबार निवेदन दर्ता हुन नसकेको’ बताइएको थियो । सरकारले निवर्तमान प्रहरी महानिरीक्षक कार्कीलाई हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ । कार्कीले मन्त्रिपरिषद्को निर्णयको पत्र बुझेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology