Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क, कुन सवारीलाई कति ?


77
Shares

नागढुंगा सुरुङमार्गमा आजदेखि शुल्क, कुन सवारीलाई कति ?

 

काठमाडौँ, १५कात्तिक । नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले आज ९कात्तिक १५० देखि टोल शुल्क तिर्नुपर्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि शुल्क सङ्कलन सुरु गरिएको जनाएको छ ।

सडक बोर्ड नेपालको कार्यकारी समितिको निर्णय तथा नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार सवारीसाधनको वर्ग र यात्राको दिशाका आधारमा फरक–फरक शुल्क निर्धारण गरिएको छ ।

 

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपियाँ र काठमाडौँबाट बाहिरिँदा ६० रुपियाँ तिर्नुपर्नेछ ।

त्यस्तै, मिनी बस तथा मिनी टिपर र ट्रकले काठमाडौँ प्रवेश गर्दा ११५ रुपियाँ र बाहिरिँदा ८० रुपियाँ शुल्क तिर्नुपर्नेछ । बस तथा सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेशतर्फ २६० रुपियाँ र बाहिरिने दिशातर्फ २०० रुपियाँ निर्धारण गरिएको छ ।

 

यसैगरी, मल्टी एक्सल ट्रक तथा भारी सवारीसाधन र उपकरणले काठमाडौँ प्रवेश गर्दा ६०० रुपियाँ र बाहिरिँदा २५० रुपियाँ टोल शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

नयाँ व्यवस्थासँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनले सवारीसाधनको वर्ग र यात्राको दिशाअनुसार तोकिएको शुल्क बुझाउनुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology