Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट


98
Shares

जर्मनीमा जेनजीको प्रदर्शन हिंसात्मक, कैयौँ शहरमा झडप र लुटपाट

 

काठमाडौं, १५ कात्तिक । जर्मनीको फ्याङ्कफर्ट शहरमा शनिबार अबेर राति दङ्गाकारीहरूले पसलहरूमा लुटपाट गरेका छन्। त्यहाँ प्रहरीसँग झडपसमेत भएको छ ।

बीबीसीका अनुसार, जर्मनीका अन्य शहरहरूमा पनि झडपका घटना भएका छन् । यसअघि महँगीविरुद्ध ठूलो मात्रामा प्रदर्शनहरू भएका थिए, जुन धेरै हदसम्म शान्तिपूर्ण थिए ।

 

जर्मनीको आर्थिक राजधानी फ्याङ्कफर्टबाहेक बर्लिन, कोलोन र ह्यामबर्गमा पनि हिंसाका घटनाहरू भएका छन् । प्रहरीका अनुसार, प्रदर्शनकारीहरूलाई तितरबितर पार्न पानीको फोहरा प्रयोग गरिएको थियो। प्रदर्शनकारीहरूले आपतकालीन सेवाका कर्मचारीहरूलाई लक्षित गर्दै पटाका, ढुङ्गा र बोतल प्रहार गरेका थिए ।

यसअघि हजारौँ मानिसले जेनजी रेगेल्ट नामक अभियान समूहको ब्यानरमा प्रदर्शनमा भाग लिएका थिए। यसको अर्थ जेनजीले अब जिम्मेवारी सम्हाल्नेछ भन्ने हुन्छ।

प्रदर्शनकारीहरू विद्यालयहरूमा कम बजेट, जीवनयापनको बढ्दो लागत, सरकारी खर्चमा कटौती र अनिवार्य सैन्य सेवाको विरोधमा प्रदर्शन गरिरहेका थिए ।

जर्मनीमा यी विरोध प्रदर्शनहरू फ्रान्समा भएका यस्तै युवा नेतृत्वका प्रदर्शनहरूपछि भएका हुन्। फ्रान्समा पनि शनिबार ३ लाख २० हजारभन्दा बढी मानिसले प्रदर्शन गरेका थिए।

समाचार एजेन्सी एएफपीका अनुसार, फ्याङ्कफर्टको मुख्य सपिङ सडकको ठूलो हिस्सा प्रहरीले बन्द गरिदिएको थियो। शहरमा कैयौँ मानिसलाई पक्राउ गरिएको एक प्रहरी प्रवक्ताले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology