Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?


385
Shares

पछिल्लो २४ घण्टामा कहाँ-कहाँ भयो भारी वर्षा ?

काठमाडौं, २४ असोज । पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भारी भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंसहित सात जिल्लामा भारी वर्षा मापन भएको छ भने धेरै जिल्लामा मध्यम वर्षा भएको छ ।

महाशाखाका अनुसार यो अवधिमा सबैभन्दा धेरै वर्षा कास्कीको घलेखर्क स्टेशनमा ७३।८ मिलिमिटर वर्षा मापन भएको छ । यो भारी वर्षा हो । २४ घण्टाको अवधिमा ५० देखि १०० मिलिमिटर वर्षा हुनुलाई भारी वर्षा भएको मानिन्छ ।

यस्तै, दार्चुलाको धरमपानीमा ६४।३, शंखुवासभाको चैनपुर पूर्वको केन्द्रमा ६२।८, सर्लाहीको नवलपुरमा ६१।२ र मानुसमारा केन्द्रमा ५३।४, काठमाडौंको कलंकीमा ५१।२, सिन्धुपाल्चोकको बौनीपाटी र काभ्रेको रोशी केन्द्रमा ५०।४र५०।४ मिलिमिटर वर्षा भएको छ ।

यसबाहेकका धेरै जिल्लाहरुमा १० देखि ५० मिलिमिटरको बीचमा वर्षा भएको छ । यो मध्यम वर्षा हो । मौसम विज्ञानमा २४ घण्टाको अवधिमा १०० देखि २०० मिलिमिटर वर्षा हुनु धेरै भारी वर्षा हो भने २०० मिलिमिटर भन्दा धेरै वर्षा हुनुलाई अति भारी वर्षा मानिन्छ । आज पनि देशका केही ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology