काठमाण्डौ १४, बैशाख । सरकारले आज कोरोना संक्रमणको रोकथाम र न्युनिकरणका लागि लकडाउनका समयबधी थप गर्ने तयारी गरेको छ । शनिबार बसको कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर कोरोना संक्रमणको अबस्था बढ्दै गएको निस्कर्ष निकाल्दै डकाउन अन्त्य गर्ने अबस्था आइनसकेको निस्र्कष निकालेको थियो ।
आइतबार बस्ने मन्त्रीपरिष्दको बैठकले लडडाउन थप गर्ने निर्णय गर्ने जनाइएको । यस अघि मुख्य सचिवको नेतृत्वमा रहेको कार्यदलले सरकारलाई थप एक हप्ता लम्ब्याउन उपयुक्त हुने सुझाव दिएको थियो । तर समितिको बैठकले एक हप्ताभित्र सङ्क्रमणको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण (कन्ट्याक्ट ट्रेसिङ) गर्न कठिन हुने निष्कर्ष निकाल्दै लकडाउनको समयावधि लम्ब्याउने निष्कर्ष निकालेको ।