Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

उदयपुरमा बिहिबार थप जनामा कोरोना संक्रमणको पुष्टी


945
Shares

उदयपुरमा बिहिबार थप जनामा कोरोना संक्रमणको पुष्टी

काठमाण्डौं ११, बैशाख । नेपालमा थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणबाट दुई जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उदयपुरबाट सङ्कलन गरेको स्वाब परीक्षणबाट ५५ वर्षीय महिला र जनकपुरका १४ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिनुभयो । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४७ पुगेको छ।

सङ्क्रमितमध्ये ९ जना उपचारपछि निको भइसकेका छन्। आज काठमाडौंको सनसिटी अपार्टमेन्टका दुईजना सङ्क्रमितलाई पाटन अस्पतालबाट डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ। यसअघि विभिन्न अस्पतालमा उपचारपछि ७ जना डिस्चार्ज भएर घर फर्केका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology