Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

नेपालका लागि स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको जेट विमान सिंगापुर उड्यो


1.8K
Shares

नेपालका लागि स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको जेट विमान सिंगापुर उड्यो

काठमाडौं ११, वैशाख । नेपालका लागि स्वास्थ्य सामग्री लिन श्री एयरलाइन्सको बिमान सिंगापुर उडेको छ । स्वास्थ्य मन्त्रालय र टेमासेक फाउन्डेसनका स्वास्थ्य सामग्रीहरु लिन विमान बिहीबार सिंगापुर उडेको हो ।

बिहीबार बिहान ७ बजेर ५० मिनेटमा बिमान सिंगापुर प्रस्थान गरेको  एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरले बताउनुभयो।

जहाज आजै स्वदेश फर्किने जनाइएको छ । सो जहाजमा कोरोना भाइरसविरुद्ध लड्न आवश्यक फाउन्डेसनका १० हजार थान पीपीई लगायतका स्वास्थ्य सामग्रीहरु हुने मानन्धरले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology