काठमाण्डौ ६, बैशाख । नेपालकी दोस्रो कोरोना संक्रमित युवती २७ दिनको उपचारपछि निको भएर घर फर्कनु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार कोरोना संक्रमित भएर शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारत प्रसिद्धि श्रेष्ठ उपचारपछि निको भएर शनिबार घर फर्कनु हो ।

उहाँ फ्रान्सबाट कोरोना भाइरस संक्रमित भएर नेपाल आउनु भएको थियो । गत चैत ४ गते फ्रान्सबाट नेपाल आएकी १९ बर्षीया श्रेष्ठ गत चैत १० गते टेकु अस्पताल भर्ना हुनुभएको थियो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएदेखि नै आफूलाई निकै सचेत र सजग रहनु भएकी उहाँले घरमा पनि क्वारेन्टाइनमा बस्नु भएको थियो ।
।