Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सर्जक दुर्गालाल श्रेष्ठको “गाउँ बस्ती सुनसान” सार्वजनिक


5.2K
Shares

सर्जक दुर्गालाल श्रेष्ठको “गाउँ बस्ती सुनसान” सार्वजनिक

काठमाडौँ ९ असार :  सर्जक दुर्गालाल श्रेष्ठको शव्द सिर्जनामा नयाँ गीत “गाउँ बस्ती सुनसान ” सार्वजनिक भएको छ ।

युवा व्यवसायी एवं समाजसेवी श्रेष्ठले युवाहरु गाउँघरबाट विदेशिएपछि सुनसान बन्दै गएको गाउँले परिवेशलाई चित्रण गरेर सिर्जना गर्नुभएको गीतमा चर्चित गायक स्वरुपराज आर्चायले स्वर दिनुभएको छ ।

सुरज पण्डितको संगीत र विष्णु तामाङको संगीत संयोजन रहेको उक्त गीत दिप फिल्मसको प्रस्तुतीमा बजारमा आएको हो ।

सर्जक श्रेष्ठले पछिल्लो समय ग्रामिण क्षेत्रमा युवाहरु अधिकांस विदेशिनेक्रम बढ्दै गएको र गाउँ रित्तो बन्दै गएको यर्थातलाई गीतमार्फत निक्कै प्रस्तुत गर्नुभएको छ ।

दिप गुरुङ युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमै दर्शक स्रोताको मनजित्ने बिश्वास गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology