काठमाण्डौ ४, बैशाख । बाग्लुङकी ६५ बर्षिया कोरोना संक्रमित महिलालाई निको हुदै गएको छ । उहाँको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।
यसअघि दुई वटा परीक्षण रिपोर्ट पोजिटिभ आएकी ती महिलाको बिहीबार गरिएको तेस्रो परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो। धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा शैलेन्द्र बी पोखरेलले ६५ वर्षीया महिलाको तेस्रो रिपोर्ट नेगेटिभ आएको पुष्टि गर्नुभयो ।
उहाँले २४ घण्टापछि गरिने अर्को परीक्षणको रिपोर्ट पनि नेगेटिभ आए ती महिलाई डिस्चार्ज गरिने जानकारी दिनुभयो ती महिला चैत १९ गते धौलागिरी अस्पतालको आइसोलेसनमा भर्ना भएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।