Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा, धादिङ र काभ्रेमा द्रुत जाँचमा कोरोना पोजेटिभ देखिएकाहरुको पीसीआर बिधिबाट थप जाँच गरिँदै


1.1K
Shares

गोरखा, धादिङ र काभ्रेमा द्रुत जाँचमा कोरोना पोजेटिभ देखिएकाहरुको पीसीआर बिधिबाट थप जाँच गरिँदै

गोरखा ३, बैशाख । गोरखा, धादिङ र काभ्रे जिल्लामा दु्रत जाँचका क्रममा कोरोना पोजेटिभ देखिएका व्यक्तिहरुको पुष्टी गर्नका लागि आज थप जाँच हुदैछ । काभ्रेमा वैदेशिक रोजगारीबाट फर्केका दुई युवामा द्रुत विधिबाट गरिएको परीक्षणका क्रममा कोभिड–१९ भएको पाइएको थियो ।

सङ्क्रमण देखिएपछि बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकाका ती युवालाई धुलिखेल अस्पतालमा आइसोलेसनमा राखिएको छ । धादिङको ज्वालामुखी गाउँपालिकास्थित स्वास्थ्य केन्द्रमा एक २७ वर्षका युवकको पनि दु्रत परीक्षणका क्रममा कोरोना भएको पाइएको हो ।

उनी फागुन २० गते दक्षिण कोरियाबाट नेपाल फर्किएका थिए । सप्तरीमा दिल्लीको निजामुद्धिनस्थित तबलिकी जमातमा सहभागी भई घर आएर बसेका ८ मध्ये दुईजनाको द्रुत परीक्षण नतिजामा पनि कोरोना भएको पाइएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासका अनुसार हिजो गरिएको ७ जनाको परिक्षणमा २ जनामा कोरोना पाइएको हो ।

कोरोना देखिएका मध्ये एकजना तिलाठी कोईलाडी गाउँपालिकाका र अर्का खडग नगरपालिकाका भएको उहाँले जानकारी दिनुभयो । गोरखाको आरुघाटमा पनि परीक्षणको क्रममा एकजनामा कोरोना सङ्क्रमण भएको पाईएको छ ।

मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले द्रुत विधिमार्फत जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनामा कोरोना देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology