धादिङका एक युवाको र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएको छ । आज गाउँपालिकाको स्वास्थ्य शाखाले कोरोनाको द्रुत परीक्षण र्(यापिड डाइग्नोस्टिक टेष्ट) विधिबाट परिक्षण गर्दा उक्त २७ वर्षिय युवकलाई कोरोना पोजेटिभ देखिएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिनुभयो ।
‘र्यापिड डाइग्नोस्टिक टेष्टमा उहाँलाई कोरोना पोजेटिभ देखिएपछि थप निश्चित हुन पिसिआर परिक्षणका लागि काठमाडौं पठाइएको छ, उहाँले भन्नुभयो, ‘उक्त युवालाई पनि टेकु अस्पतालमा पठाउने तयारी भैरहेको छ ।’ उनि मार्च ४ अथवा फागुन २१ गते कोरियाबाट नेपाल आएका थिए । र्यापिड डाइग्नोस्टिक टेष्टमा कोरोना पोजेटिभ देखिएका युवकको परिवारलाई गाउँपालिकाकै क्वारेण्टीनमा राख्ने तयारी भईरहेको छ ।
उता काभ्रेको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा पनि एक/एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । बेथान्थोक गाउँपालिकावडानम्वर ५ का २८ बर्षिय युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उहाँ चैत्र ९ गते भारतबाट नेपाल फर्किनु भएको थियो ।
उहाँलाई आज नै धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ । पहिलो परिक्षणमा उहाँलाई संक्रमण देखिए पनि दोश्रो परिक्षणमा नदेखिन सक्ने अस्पतालले जानकारी दिएको छ । त्यस्तै मण्डन देउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका २३ बर्षिय युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।
उहाँ चैत्र ७ गते दुबईबाट फर्किनु भएको थियो । उहाँलाई २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । उहाँलाई पनि थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ ।