गोरखामा १, बैशाख – रौतहटमा थप १ जनामा कोरोना संक्रमण भएको पुष्टी फेला परेको छ । स्वास्थ्य मन्त्रालयमा सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । पछिल्लोपटक रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । यस अघि सोमबार नै कैलालीकी ६५ वर्षीया वृद्धमा पनि कोरोना संक्रमणको पुष्टी भएको थियो ।
क्वारेन्टाइनमा रहेका रौतहटका युवकमा परीक्षण गर्दा कोभिड १९ पोजेटिभ पाइएको सरकारले जानकारी दिएको छ । नेपालमा कोरोनाभाइरस (कोभिड १९ ) संक्रमितको संख्या १४ पुगेको जानकारी सरकारले दिएको छ ।
यस्तै कैलालीकी ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमवार दिउँसो गरिएको पुनः परीक्षणको नतिजा पनि पोजेटिभ आएपछि उनलाई आजै धनगढी ल्याएर आइसोलेसनमा राखिएको बताइएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।