Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखाको त्रिशुली नदीको ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला


3.3K
Shares

गोरखाको त्रिशुली नदीको ढुङ्गामा अड्किएको अवस्थामा एक पुरुषको शव फेला

गोरखा, २० फागुन । गोरखाको गण्डकी गाउँपालिका–२, गोर्दीस्थित त्रिशुली नदिको किनारमा आज एक पुरुषको शव फेला परेको छ ।

अन्दाजी ५५ बर्षका जस्तो देखिने पुरुषको शव नदी किनाराको ढुङ्गामा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

स्थानीयले शव भेटिएको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र गोरखाबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले मृतकको शव उद्धार गरी पोष्टमार्टमा लागि गोरखा अस्पतालमा ल्याइएको छ ।

मृतकको सनाखत हुन नसकेको डिएसपी सुवेदीको भनाई छ । घटनाको थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology