Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

हर्मी साना किसान कृषि सहकारीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न


2.4K
Shares

हर्मी साना किसान कृषि सहकारीको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

धनबहादुर तामाङ
गोरखा १२ फागुन :  हर्मी साना किसान कृषि सहकारी संस्था लिंको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सिरानचोक गाउपालिका–३ स्थित बिज्ञान प्राथमिक बिध्यालयको प्राङ्गणमा संस्थाले आफ्नो पाचौं साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडा नम्बर ३ वडाध्यक्ष जगदिश्वर ढकालले साना किसान सहकारीको कार्य क्षेत्र धेरै रहेकोले गर्नुपर्ने काम पनि धेरै हुने बताउनुभयो ।

उहाँले स्थानीय सरकारको तर्फबाट केही समस्या भए समन्वय गरेर समाधान गर्ने र सहकार्य गरेर काम गर्न वडा कार्यालय तयार रहेको उल्लेख गर्नुभयो । कृषि सहकारीमार्फत पनि सरकारको उपस्थिती देखाउनु पर्ने भएकाले हर्मी साना किसान कृषि सहकारीले त्यहीँ ढंगबाट अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

‘‘मासिक रुपमा पैसा उठाउने र ब्याजमा लगाउनु मात्र सहकारी सँस्थाको काम होईन, उहाँले भन्नुभयो, ‘‘जनतामा केही आर्थिक परिवर्तन ल्याउनु पनि यस्ता खालका सस्थाको उद्देस्य हो ।’’ उहाँले कृषि सहकारीले वास्तविक साना किसानको पक्षमा काम गर्नुपर्ने बताउनुभयो ।
साधारण सभामा बित्तिय सहकारी पोखराका प्रमुख रेग्मिले सहकारीका शेयर सदस्यहरु कम्तिमा बर्षमा एक पटक साधारण सभामा अनिबार्य सहभागी भएर सरकारीको गतिविधिको जानकारी लिनुपर्ने बताउनुभयो ।

‘‘कृषि सहकारीले कृषिको क्षेत्रमा पशुपालन क्षेत्रमा पशु बिमा क्षेत्रमा तथा जीवन बिमा क्षेत्रमा लगायत धेरै क्षेत्रमा काम गर्न सक्नुपर्छ, उहाँले भन्नुभयो, ग्रामीण भेगमा सरकारको उपस्थित यस्तै खालका सहकारीमार्फत हुने गरेको छ ।’’ सहकारीका अध्यक्ष अमृतबाबु सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजीवी जीवनज्योति ढकाल, महेन्द्रलिला माबिका प्रधानध्यापक रामप्रसाद अधिकारीलगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा सहकारीका अध्यक्ष र व्यवस्थापकले पेश गर्नुभएको प्रतिवदेनहरु सर्वसम्मत पारित गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology