Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोखामा चोरी तथा आगजनी गरेको आरोपमा १ जना पुरुष पक्राउ


1.8K
Shares

गोखामा चोरी तथा आगजनी गरेको आरोपमा १ जना पुरुष पक्राउ

गोरखा, ९ फागुन । गोरखा सदरमुकाममा चोरी गरी सोही घरमा आगजनी गरेको आरोपमा प्रहरीले १ जना यूवकलाई पक्राउ गरेको छ ।

पक्राउ गरेका ब्यती गोरखा नगरपालिका–१० का ३६ बर्षिय मन्जिल मग्राती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिनुभयो ।

गएको माघ १७ गते अन्दाजी २ बजेको समयमा गोरखा नगरपालिका–१० को छेवेटार बजारमा रहेको बुद्विमान गुरुङ र गिता पोखरेलले सञ्चालन गरेको खाजा घरबाट नगद तथा धनमाल चोरी गरी पोखरेलको खाजा घरमा आगजनी गरेको आरोपमा मग्रातीलाई प्रहरीले पक्राउ गरेको सूचना अधिकारी सुवेदीले बताउनुभयो ।

चोरी तथा आगजनीका सम्बन्धमा प्रहरीले गरेको अनुसन्धानका क्रममा मग्रातीको संलग्नता देखिएपछी उनलाई नियन्त्रणमा लिएको पनि गोरखा प्रहरीले जनाएको छ ।

प्रहरीले मग्रातीको घरबाट चोरी भएका सामान मध्य केही सामान समेत बरामद गरेको छ । फागुन ६ गते मंगलबार पक्राउ परेका मग्राती उपर फागुन ८ गते बिहीबार चोरी तथा अपराधिक उपद्रव शिर्षकमा मुद्वा दर्ता गरी प्रहरीले अनुसन्धान थालेको छ ।

सूचना अधिकारी सुवेदीले दिएको जानकारी अनुसार पक्राउ परेका मग्राती यस अघि २०७१ साल जेठ १८ गते डाँका चोरी गरी कर्तब्य ज्यान कसूरमा, २०७९ साल कार्तिक १७ गते चोरी कसूरमा र २०८० साल बैशाख ३१ ग्ते सार्वजनिक शान्ति बिरुद्वको कसूरमा समेत मुद्वा दर्ता भई कारवाहीमा परेका ब्यती समेत खुल्न आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology