काठमाण्डौ २९, चैत । संयुक्त राष्ट्र संघको (मिशन) शान्ति सेना सुडानमा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) शव लिन श्री एयरलाइन्सको नाइन एन ए एमबी कलसाइनको जहाज सुडानको लागि उडेको हो ।
आज भन्दा १२ दिन अघि अर्थात् २९ मार्च २०२० मा उहाँको हृदयघातबाट निधन भएको थियो। प्रमुख सेनानी बिष्टको शव लिन नेपाली सेनाले श्री एयरलाइन्सको कार्गो जहाज चार्टड गरेर शनिबार बिहान सुडान पठाएको हो।
नेपाली सेना मुख्यालयका अनुसार उक्त जहाज शनिबार राति सुडान पुग्नेछ । शव लिएर बिमान आइतबार बेलुका नेपाल आइपुग्ने जनाइएको छ । विष्टको शव ल्याउन संयुक्त राष्ट्रसंघको शान्ति मिसनले समन्वय गरेको पनि प्रवक्ता बिज्ञानदेव पाण्डेले बताउनुभयो ।