Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखामा बृद्धाभत्ता बुझेर फर्किदै गर्दा भिरबाट लडेर एक बृद्धको मृत्यु


5.4K
Shares

गोरखामा बृद्धाभत्ता बुझेर फर्किदै गर्दा भिरबाट लडेर एक बृद्धको मृत्यु

गोरखा, २३ माघ । गोरखामा बृद्धाभत्ता बुझेर फर्कदै गर्दा भिरबाट लडेर एक बृद्धको मुत्यु भएको छ । जिल्लाको भीमसेन थापा गाउँपालिका–४, धावास्थित काशीखोलाका ७५ बर्षका चुडामणी काप्रीको भिरबाट लडेर मृत्यु भएको इलाका प्रहरी कार्यालय आरुघाट गोरखाका प्रहरी निरीक्षक नविन गिरीले जानकारी दिनुभयो ।

आइतवार घरबाट बृद्धाभत्ता बुझ्न निस्किएका काप्री घर नफिर्कएपछि खोजतलास गर्दा भिरबाट लडेर मृत्यु भएको अवस्था आज विहान फेला उहाँले बताउनुभयो । ध्याम्पेसालस्थित बैँकमा बृद्धभत्ता बुझेर फर्कने क्रममा उहाँको वडा नम्बर–२, वगुवा खेत जाने बाटोमा पर्ने सेतो पहरो भन्ने ठाउँमा भिरबाट खसेर मृत्यु भएको हो ।

काप्रीको शव बाटोदेखि झण्डै दुईसय ५० मिटर तल खसेको अवस्था भेटिएको निरीक्षक गिरीले बताउनुभयो । ‘‘बृद्धाभत्ता बुझेर घर नर्फिएपछि प्रहरीको टोली र आफन्तले सोही दिनदेखि खोजी गरेको भएतापनि भेटिएको थिएन, निरीक्षक गिरी भन्नुभयो, ‘‘आज विहान करिब ७ बजेको समयमा शव फेला परेको हो ।’’

घटनास्थलमा पुगेर प्रहरीको टोलीले शवको मुचुल्का बनाएर अत्येष्टीका लागि आफन्तलाई बुझाइएको प्रहरीले जनाएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology