Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखाका पत्रकार सिंम्खडालाई गणेश–चाँदनीस्मृति पत्रकारिता पुरस्कार प्रदान


4.5K
Shares

गोरखाका पत्रकार सिंम्खडालाई गणेश–चाँदनीस्मृति पत्रकारिता पुरस्कार प्रदान

गोरखा, २३ माघ । गोरखाका पत्रकार अस्मिता सिंम्खडालाई गणेश –चाँदनीस्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । प्रेस सेन्टर नेपाल, गण्डकी प्रदेश समितिको पोखरामा सोमबार भएको तेस्रो अधिवेशनको उद्घाटनका अवसरमा सिंम्खडा र म्याग्दीका कमल खत्रीलाई पुरस्कृत तथा दिवंगत चार जना पत्रकारका परिवारलाई मरणोप्रान्त सम्मान वितरण गरिएको थियो ।

कोरोना महामारीका कारण वि.स.२०७७ मा दिवंगत हुुनभएका पोखराका गणेश पौडेल र डेंगी संक्रमणका कारण दिवंगत हुनुभएकी प्रेस सेन्टर लमजुङकी सचिव चाँदनी अधिकारीको स्मृतिमा स्थापित गणेश–चादनी स्मृति पुरस्कार सिंम्खडालाई प्रदान गरिएको हो ।

यसैगरी २०७९ माघ १ गते पोखरामा भएको जहाज दुर्घटनामा परि दिवंगत भएका प्रेस सेन्टर नेपालका उपाध्यक्ष त्रिभुवन पौडेल र पोखरा महानगर सदस्य अनिल शाहीको स्मृतिमा स्थापित त्रिुभवन–अनिल स्मृति पुरस्कार खत्रीलाई पहिलो पटक प्रदान गरिएको हो ।

पुरस्कारको राशी रु. पाँच÷पाँच हजार रहेको छ । प्रेस सेन्टर गोरखाका उपाध्यक्ष सिम्खडा सामुदायिक सूचना नेटवर्क सिआइएन, रेडियो मनास्लु र नागरिक सवाल डटकममा आवद्ध हुनुहुन्छ । प्रेस सेन्टर म्याग्दीका अध्यक्ष खत्री रासस, नयाँ पत्रिका दैनिकमा आवद्ध हुनुहुन्छ भने समृद्द साप्ताहिक र म्याग्दी अनलाइनको सम्पादक हुनुहुन्छ । अधिवेशनको अवसरमा दिवंगत त्रिभुवन पौडेल, अनिल शाही, गणेश पौडेल र चादनी अधिकारीले पत्रकारिता, समाज र संगठनमा पु¥याएको योगदानको कदर स्वरुप मरोणोप्रान्त सम्मान प्रदान गरिएको हो ।

दिवंगत आफ्ना सहकर्मी तथा अग्रजको स्मरणका साथै पेशामा क्रियाशिल सदस्यहरुको प्रोत्साहनका लागि हरेक वर्ष पुरस्कार वितरण गरिने प्रेस सेन्टर गण्डकीका अध्यक्ष अर्जुन काफ्लेले बताउनुभयो । प्रेस सेन्टर नेपालका संस्थापक कोमलनाथ बराल, वरिष्ठ उपाध्यक्ष कमल गिरि, उपाध्यक्ष निर्मल ज्ञवाली, लक्ष्मण खड्का, महासचिव सन्तोष पौडेल, माओवादी केन्द्रका प्रदेश सहसचिव अतिन्द्रकेशरी न्यौपाने प्रदेश ईन्चाार्ज दिपक श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology