Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

प्रेस चौतारी गोरखाको अध्यक्षमा पुन : न्यौपाने चयन


1.4K
Shares

प्रेस चौतारी गोरखाको अध्यक्षमा पुन : न्यौपाने चयन

गोरखा, २३ माघ । प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा पुनस् सुजन न्यौपाने चयन भएका छन् । गोरखा सदरमुकाममा आज भएको छैटौं अधिवेशनले न्यौपानेको अध्यक्ष ७ सदस्यी जिल्ला कार्यसमिति समेत चयन गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा , सचिवमा रबिकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोख्रेललाइ चयन गरेको छ ।

बाँकी सदस्यहरु भने पछि थप गर्ने गरि कार्यसमिति चयन गरेको निर्वाचित अध्यक्ष न्यौपानेले जानकारी दिएनुभयो । अधिवेशनमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनी, एमालेका अध्यक्ष सुरेन्द्र बहादुर थापा र प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य भिमलाल श्रेष्ठको समेत उपस्थिति रहेको प्रेस चौतारी गोरखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology