Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

जिल्ला समन्वय समिति प्रमुख थापा पक्राउ


1.3K
Shares

जिल्ला समन्वय समिति प्रमुख थापा पक्राउ

म्याग्दी, २० माघ । जिल्ला समन्वय समिति म्याम्दीका प्रमुख राजकुमार थापा पक्राउ पर्नुभएको छ । सहकारीको रकम हिनामिना गरेको आरोपमा प्रमुख थापालाई आइतबार जिल्ला प्रहरी कार्यालय म्याग्दीले पक्राउ गरेको हो ।

सदरमुकाम बेनीमा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना गरेको उजुरीका आधारमा अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सागर पौडेलले जानकारी दिनुभयो ।

थापासहितको समूहले सहकारीको रकम हिनामिना गरेको आरोप लागेको छ । थापालाई पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो ।

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले एक वर्षअघि गरेको छानबिन प्रतिवेदनमा थापाको समूहले सहकारीको करिब डेढ अर्ब रुपियाँ हिनामिना भएको उल्लेख छ । सहकारीमा रहेको सर्वसाधारणको बचत रकम तत्कालीन सहकारीका सञ्चालकहरुले ढुकुटी खेलाउने, निजी स्कुल र घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ ।

थापा सहकारीको पूर्व सञ्चालक समितिको उपाध्यक्षसमेत हुनुहुन्छ । २०७९ साल माघ २८ गते सहकारीका अध्यक्ष यमबहादुर रोकाले सहकारी रजिष्ट्रारको कार्यालयमा लिखित निवेदन दिएर सहकारी रकम छानबिनका लागि माग गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology