गोरखा, २० माघ । गोरखा तर्फको त्रिशुली नदी किनारमा १ जना अपरीचित पुरुषको मृत्त पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीका अनुसार मृत्त पुरुषको शव गण्डकी गाउँपालिका(२ को गोर्दीमा फेला परेको हो ।
नाम र वतन खुल्न नसकेको अन्दाजी ५०(५५ बर्षका पुरुषको शव फेला परेको सूचना अधिकारी पौडेलले बताए । नदी किनारको ढुङ्गाको चेपमा अड्कीएको अवस्थामा ति पुरुषको शव फेला परेको हो ।
मृत्त शव निकाल्न विपद व्यवस्थापन शिक्षालय कुरिनटार समेतबाट उद्धार टोली घटनास्थलमा खटिएको थियो । मृत्तकको लाशको उद्धार गरी लाश सनाखत तथा पोष्टमार्टमको लागि गोरखा अस्पताल गोरखाको शवगृहमा राखिएको छ । गोरखा प्रहरीले घटनामा थप अनुसन्धान भई रहेको जनाएको छ ।