Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

अखिल क्रान्तिकारीको केन्द्रिय सचिवमा गोरखाकी उपरकोटी बिजयी


2.1K
Shares

अखिल क्रान्तिकारीको केन्द्रिय सचिवमा गोरखाकी उपरकोटी बिजयी

गोरखा, १७ माघ । नेकपा माओवादी केन्द्र निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको दलित सचिवमा गोरखाकी आशा उपरकोटी बिजयी हुनुभएको छ। यही माघ १२ गते भएको चुनावमा ७ सय ४६ मत ल्याएर उहाँ बिजयी हुनुभएको हो ।

केन्द्रीय अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी हुनुभएको छ । महासचिवमा रोशन थापा, कोषाध्यक्षमा फूलमाया राना, खुल्ला सचिवमा शिशिर बस्याल, प्रेम जैशी, बीरेन्द्र जिसी र सम्झना राई बिजयी भएका छन् ।

छात्रा सचिवमा तिर्सना आले मगर र समकृति पुन विजयी भएका छन् । जनजाति सचिवमा आर्टिस्ट मोक्तान, मधेशी सचिवमा अमर मण्डल, खसआर्य सचिवमा जितेन्द्र भण्डारी र शहीद परिवारबाट युन्छो हाङ मावो भएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology