Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखाको द्रब्यशाह क्याम्पसलाई अतुलनिय सहयोग गर्ने २ जनाको सालिक अनावरण


2.3K
Shares

गोरखाको द्रब्यशाह क्याम्पसलाई अतुलनिय सहयोग गर्ने २ जनाको सालिक अनावरण

गोरखा, १६ माघ । गोरखा सदरमुकामको द्रब्यशाह बहुमुखी क्याम्पसलाई अतुलनिय सहयोग गर्ने २ जनाको आज एक कार्यक्रम बिच सालिक अनावरण गरीएको छ । क्याम्पस हाता भित्र निर्माण गरीएको अर्ध कदको सालिक आज त्रिभूवन विश्व बिद्यालयका रजिष्ट्रार प्रा.डा. केदार रिजालले स्व.अमेरिकी नागरिक प्रा.डा.जेनिस यम हिप्पल र संस्थापक क्याम्पस प्रमुख स्व.मोहन नारायण श्रेष्ठको सालिक अनावरण गरीएको हो ।

क्याम्पसको आज परेको ४०औं बार्षिकोत्सव एवं अभिभावक दिवस तथा नव आगन्तुक विद्यार्थीहरुको स्वागतकोलागी आयोजना गरीएको कार्यक्रममा रजिष्ट्रार रिजालले उहाँहरुको सालिक अनावरण गरेको क्याम्पस प्रमुख एकदेव अधिकारीले जानकारी दिनुभयो ।

गोरखा नगरपालिका–९ को लक्ष्मिबजारमा रहेको उक्त क्याम्पसकालागी अमेरिकी नागरिक हिप्पलले ७ लाख ४१ हजार ७२३ डलर ८९ सेन्ट अर्थात नेपाली ९ करोड ७८ लाख ९८ हजार ३४८ रुपैयाँ सहयोग उपलब्ध गराएका थिए । क्याम्पसको बिकासकालागी हिप्पलले आफ्नो निधनपछी बाँकी रहेको सम्पत्ती दिन २३ जनवरी १९९३ अर्थात विक्रम सम्बत २०४९ साल माघ १० गते प्रतिबद्वता जनाएका थिए ।

सोही प्रतिबद्वता अनुसार उनको मृत्युपछी बाँकी सम्पत्ती बिक्रीबाट आएको रकम २०७९ साल कार्तिकमा क्याम्पसलाई प्राप्त भएको थियो । क्याम्पस हाता भित्रै निर्माण गरीएको अर्को सालिक श्रेष्ठले अमेरिकी नागरिक हिप्पल संग समन्वय गरेका थिए । श्रेष्ठले संस्थापक क्याम्पस प्रमुख भएर लामो समयसम्म सेवा गर्नुकासाथै क्याम्पसकालागी जग्गा दान गरेका थिए ।

श्रेष्ठले २०४२ सालमा स्थापना भएको क्याम्पसले त्रिभूवन विश्वविद्यालयबाट भाद्र ८ गते सञ्चालन गर्ने निर्णय भई माघ १६ गतेदेखी स्वीकृती पाएको दिनलाई स्थापना दिवसको रुपमा मनाउदै आएको छ ।

क्याम्पसमा बिबिएमा २८१ ज्ना, बिएडमा ११२ जना, बिएमा ८५ जना, एमबिएसमा ५७ जना र एनईबीमा ७६ जना गरी कुल ६११ जनाले अध्ययन गर्दै आएको छ । अमेरिकी नागरिक हिप्पलबाट प्राप्त रकमलाई ‘द्रब्यशाह बहुमुखी क्याम्पस बिकास कोष’ नाम दिएर अक्षयकोष स्थापना गरीएको छ ।

अक्षयकोषबाट प्राप्त ब्याज मध्य १०–१० प्रतिशत शिक्षक, कर्मचारी क्षमता अभिबृद्वि एवं बिद्यार्थी सहयोग कार्यक्रममा, १५ प्रतिशत शिक्षक कर्मचारी कल्याण कोष, २५ प्रतिशत रकम सोही कोषमा बार्षिक रुपमा जम्मा गर्ने र बाँकी रहेको ४० प्रतिशत रकम क्याम्पस सञ्चालनकोलागी खर्च गर्ने कार्यबिधी अनुसार खर्च गर्दै आएको क्याम्पसका अध्यक्ष शित्तलकाजी मास्केले बताउनुभयो ।

कार्यक्रममा गोरखा नगरपालिकाका उप–मेयर मसलीमायाँ थोकर पुनः, जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरु, शैक्षिक संस्थाका प्रतिनिधी, शिक्षक, अभिभाव तथा बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology