Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

बुढी गण्डकी नदीमा बेपत्ता गोरखा आरुघाटका श्रेष्ठ खोजी जारी


1.1K
Shares

बुढी गण्डकी नदीमा बेपत्ता गोरखा आरुघाटका श्रेष्ठ खोजी जारी

गोरखा, १६ माघ । गोरखाको आरुघाट बजारमा ब्यवसाय गर्दै आएका बिण्णु श्रेष्ठको आज बिहानैदेखी खोजी सुरु गरीएको छ । श्रेष्ठ हिजो मंगलबार साँझपख स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हालफाले पछी बेपत्ता भएका थिए ।

आरुघाट गाउँपालिका आरुपोखरीका श्रेष्ठले आरुघाट बजार क्षेत्रमा समोसा पसल सञ्चालन गर्दै आएका थिए । उनै श्रेष्ठ मंगलबार दिउसो ४ः५० बजे स्तुल खोला दोभानबाट बुढी गण्डकी नदीमा हामफालेर बेपत्ता भएको भएको जिल्ला प्रहरी गोरखाका प्रहरी निरिक्षक एवं सूचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।

बेपत्ता पुरुषको आज बुधबार बिहानदेखी नेपाल प्रहरी, शसस्त्र प्रहरी, उनका आफन्त र गाउँलेहरु भएर किनार आसपास खोजी सुरु गरीएको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरिक्षक नविन गिरीले बताउनुभयो ।

उहाँका अनुसार नदी तटीय क्षेत्रको बेनीघाटसम्म पनि खोजीकालागी प्रहरी परिचालन गरीएको छ । त्यस बाहेक पनि धादिङ प्रहरी संग समन्वय गरेर राराङ गाउँपालिका क्षेत्रमा पनि बिहानैदेखी खोजी सुरु गरीएको प्रनि गिरीले बताउनुभयो । स्थानियले दिएको जानकारी अनुसार उनी केही सयमदेखी मानसिक रुपमा विछिप्त अवस्थाबाट गुज्रीरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology