Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

गोरखा जेसिजका सदस्यहरुको दुर्घटना बिमा


1.1K
Shares

गोरखा जेसिजका सदस्यहरुको दुर्घटना बिमा

गोरखा, १० माघ । गोरखा जेसिजले आफ्ना सदस्यहरुको दुर्घटना बिमा गराएको छ । जिल्ला कार्य समितिमा रहेका ३१ जनाको बिमा गराएको अध्यक्ष सुमन गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४० जना सदस्य रहेको गोरखा जेसिजमा पहिलो चरणमा कार्य समितिमा रहेका पदाधिकारीहरुको बिमा गराईएको हो । जेसिज आफैले खर्च ब्यर्होनेगरी आज प्रभू ईन्स्योरेन्सको गोरखा शाखामा सदस्यहरुको दुर्घटनामा बिमा गराइदिएको जेसिजले जनाएको छ ।

जेसिजका सदस्यहरु कामको शिलसिलामा विभिन्न स्थानमा जानुपर्ने र त्यस्तो अवस्थामा दुर्घटनामा परेको खण्डमा उपचारमा सहजता आउनेभन्दै संस्थाले आफ्नै खर्चमा बिमा गराईदिएको अध्यक्ष गुरुङको भनाई छ ।

प्रति ब्यत्ती १ लाख रुपैयाँ पाउने गरी संस्थाले पदाधिकारीहरुको बिमा गराएको छ । आजै एक कार्यक्रम बिच ईन्स्योरेन्सका शाखा प्रमुख बुद्वि जोगी र अध्यक्ष गुरुङ बिच कागजपत्र हस्तान्तरण गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology