Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखामा स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु


10.6K
Shares

गोरखामा स्कुटर दुर्घटनामा परी १ जनाको मृत्यु

गोरखा, ८ माघ । गोरखाको पालुङटारमा आज बिहान भएको स्कुटर दुर्घटनामा परी १ जना युवकको ज्यान गएको छ । ज्यान गुमाउने युवक अजिरकोट गाउँपालिका–३ हंशपुर घरभई हाल पालुङटार नगरपालिका–५ हवाई ग्राउण्ड बस्ने बर्ष २४ का सुरेश गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी ध्रुव प्रसाद शर्माले जानकारी दिनुभयो ।

हिजै राती दुर्घटना भएको उक्त स्कुटर आज (मंगलबार) बिहान ६ः३० बजेको मात्र स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए । सोही नगरपालिकाको लामागाउँ स्थित सडकमा हवाई ग्राउण्ड तर्फ जादै गरेको बा. ८२ प २१९९ नम्बरको स्कुटर दुर्घटनामा परेको पनि उहाँले बताउनुभयो ।

तिब्र गतिमा भएका कारण अनियन्त्रीत भएको स्कुटर सडक किनारमा पल्टिदा गुरुङको घटना स्थलमा नै ज्यान गएको सूचना अधिकारी शर्माले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology