Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

गोरखा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोकलाई


1.9K
Shares

गोरखा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि सिरानचोकलाई

गोरखा, ७ माघ । गोरखा जिल्ला स्तरीय १२ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता ‘२०८१’ को उपाधि सिरानचोक गाउँपालिकाले जितेको छ । जिल्लाको पालुङटार नगरपालिकास्थित श्री भवानी माध्यामिक विद्यालयको खेलकुद मैदानमा तीनसम्म सञ्चालन भएको प्रतियोगितामा सिरानचोकले ७ स्वर्ण, ९ रजत र ३ काश्यसहित १९ पदक प्राप्त गर्दै उपाधि हात पारेको हो ।

प्रतियोगितामा पालुङटार नगरपालिकाले ६ स्वर्ण, ६ रजत र ८ काश्य पदक जितेर दोस्रो भएको आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिनुभयो । त्यस्तै भीमसेन थापा गाउँपालिका ५ स्वर्ण, ४ रजत र ३ काश्य पदक प्राप्त गर्दै प्रतियोगितामा तेस्रो हुन सफल भएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा गण्डकी गाउँपालिकाले ४ स्वर्ण, १ रजत र ४ काश्य, बारपाक सुलिकोट गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ३ काश्य पदक जित्न सफल भएको छ भने अजिरकोट गाउँपालिका ३ स्वर्ण, ३ रजत, ४ कास्य पदक जितेको छ ।

त्यस्तै गोरखा नगरपालिका २ स्वर्ण, २ रजत, २ काश्य, लखन गाउँपालिका ३ काश्य, चुमनुब्री गाउँपालिकाले २ काश्य, धार्चे गाउँपालिकाले १ रजत पदक र आरुघाट गाउँपालिकाले १ काश्य पदक प्राप्त गरेको अध्यक्ष बस्नेतले बताउनुभयो ।

उपाधि विजेता सिरानचोक गाउँपालिकाले यसअघि पनि लगातार तीन संस्करणको उपाधि जितेको थियो । जिल्ला खेलकुद विकास समिति गोरखाको आयोजना र पालुङटार नगरपालिकाको सहआयोजनामा रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गरिएको हो । शनिवारदेखि सुरु भएको प्रतियोगिता तीनदिनसम्म सञ्चालन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology