Nagarik Sawal

२०८३ कार्तिक १७ सोमबार

२०८३ कार्तिक १७ सोमबार

शिक्षामा पर्याप्त लगानी गरेर मात्र शैक्षिक सुधार सम्भव छ : अध्यक्ष दाहाल


1.2K
Shares

शिक्षामा पर्याप्त लगानी गरेर मात्र शैक्षिक सुधार सम्भव छ : अध्यक्ष दाहाल

गोरखा, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शिक्षा क्षेत्रमा पर्याप्त लगानी गरेर मात्र शैक्षिक क्षेत्रको सुधार गर्न सम्भव रहेको उहाँले बताउनुु भएको छ ।

गोरखा नगरपालिका–८, आहालेस्थित श्री सरस्वती माध्यामिक विद्यालयको स्वर्ण जयन्ती तथा अभिभावक दिवस समारोहको आज उद्घाटन गर्नुहुँदै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रलाई अगाडी बढाउनका लागि राज्यले लिने प्रतिवद्धताको स्तरले देशकै सभ्यता, विकास र सुशासनको स्तर मापन हुने बताउनुभयो ।

‘‘हामी कहाँ अझैपनि शिक्षालाई व्यापारको आधार बनाउने काम रोकिएको छैन, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘संविधानमा शिक्षालाई मौलिक अधिकारका रुपमा व्याख्या त गरियो तर संविधान बनेको लामोसमय वितिसक्दा पनि शिक्षा ऐनसम्म बन्न नसक्दा समस्या भइरहेको छ ।’’
उहाँले शिक्षा नै देशको विकास र सम्बृद्धिको मुख्य आधार भएकोसमेत बताउनुभयो । अर्को फरक प्रसंगमा उहाँले सामाजिक न्यायका पक्षमा आफ्नो नेतृत्वको सरकारले काम गरेको भन्दै नेपाल इतिहासमा सुशासनको पक्षमा, बेथिती र भ्रष्टाचारको बिरुद्धमा पहिलो पटक ठूलो अभियान चलेको बताउनुभयो ।

‘‘सामाजिक विभेदका बिरुद्ध, सामाजिक न्यायका पक्षमा बर्षौदेखिको नागरिकताको समस्या हल गर्ने कुरा होस् वा मिटरव्याजी पिडितहरुको पक्षमा ऐन बनाएर न्याय दिने कुरा होस् सामाजिक न्यायको क्षेत्रमा नयाँ सुरुवात गर्ने जमर्के गरैको हो, अध्यक्ष दाहालले भन्नुभयो, ‘‘विदेशमा भएका हजारौ नेपालीहरुलाई उनीहरु र उनीहरुका छोराछोरीको भविस्य सुनिश्चित गर्न सामाजिक सुरक्षाकोषमा आवद्ध गर्ने कुरा महत्वपूर्ण रह्यो । ’’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology